गाई काट्ने गुरुङ प्रहरी नियन्त्रणमा

गाई काट्ने गुरुङ प्रहरी नियन्त्रणमा


गाई काटेको अभियोगमा ताप्लेजुङको फुङलिङ नगरपालिका–२ अलैंचीबारी बस्ने ४५ वर्षीय शिवकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी भानुबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त कार्यमा संलग्न रही हाल फरार रहेका सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश राई र १६ वर्षीय जगदेब गुरुङको खोजी कार्य भइरहेको छ ।

उता लमजुङ राइनस नगरपालिका–६ सालफेदी बस्ने बोल्न नसक्ने १६ वर्षीया युवतीलाई ललाईफकाई घरदेखि केही परको जंगलमा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५६ वर्षीय ज्ञानबहादुर लामालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।