लण्डन । हिजो शान्ति गुरुंगको आयोजनामा सम्पन्न भएको मिस यूके नेपाल ट्यालेन्ट प्याजेन्टमा दुर्गा गुरुंग प्रथम भएकिछिन् । दोस्रो स्थानमा प्रतीका आले र तेस्रो स्तथानमा नयन गुरुंग चुनिएर क्रमशः ८००, ५०० र ३०० पाउण्डको नगद पुरस्कारसहित विभिन्न ट्रफी तथा उपहारहरु प्राप्त गरेका छन् । दिइएको समयभन्दा लगभग तीन घण्टा शुरु भएर बेलायतका लागि नेपाली राज्दूत डा.चालिसेको अनुपस्थितिमा उनकी श्रीमतीबाट कार्यक्रमको उदघाटन गरिएको थियो । करीव पाँचबजे आइपुगेका राजदूतले केही कुराहरु आफ्नो मन्तव्यमा राखेका थिए भने उक्त कार्यक्रम रातको साढे आठबजे सकिएको थियो । निर्यायक मण्डलीमा खगेन्द्रा नेपाली, जेनिसा मोक्तानलगायतकाहरु थिए । प्याजेन्टमा हुनुपर्ने प्रकारविशेषका मनोरन्जनहरुको कमीमा प्याजेन्ट खल्लो भएको उपस्थित दर्शकहरुको भनाइ रहेको थियो ।
-तस्वीरसहित विसन गुरुंग, मेस, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस र एलबममा रहेको आफ्नो तस्वीरको ठूलो साइज चाहिएमा 07703722703 फोन गर्नुहोस् ।
प्रतिक्रिया