अर्घाखाँचीमा फस्टाउँदै बाख्रापालन

अर्घाखाँचीमा फस्टाउँदै बाख्रापालन


अर्घाखाँचीमा बाख्रापालन व्यबसाय फस्टाउँदै गएको छ । पराम्परादेखि चलिआएको बाख्रापालन व्यबसाय केही समययता जिल्लामा फस्टाउँदै गएको हो ।

कम लगानी कम मिहिनेतमा सजिलैसँग बाख्रापालन गर्न सकिने भएपछि जिल्लाका कृषकहरुले बाख्रापालन तर्फ आकर्षित भएका हुन ।

जिल्लामा रहेका गैरसरकारी र सरकारी सघ सस्थाले पनि पुरक अनुदानमा कृषकलाई बाख्रा वितरण गर्न थालेपछि बाख्रापालन व्यबसाय जिल्लामा फस्टाउदै पाइन्छ ।

जिल्लामा रहेका गैरसरकारी र सरकारी सघ सस्थाले पनि पुरक अनुदानमा कृषकलाई बाख्रा वितरण गर्न थालेपछि बाख्रापालन व्यबसाय जिल्लामा फस्टाउदै पाइन्छ ।

गणेश बाख्रपालन समूह छत्रदेव गाउँपालिका ६ ठुलापोखराको सार्वजनिक सुनुवाई कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ ।

कार्यक्रममा मनतब्य राख्दै प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बाख्रापालन समुहले गरेका कामलाई निरन्तरता दिनुपर्ने बताउँनुभयो ।

उहाँले काम गर्ने संस्थाको कमि कमजोरी हुने भन्दै बाख्रापालन व्यवसाय फस्टाई समृद्ध बनेर नमुना कृषक बन्न लागि आग्रह समेत गर्नुभयो । उहाँले जनता समृद्ध बन्नका लागि बाख्रापालन व्यवसाय सजिला भएकोले व्यबसाय तर्फ ध्यान दिन सकेमा बाखा्रपालनबाट मनग्य आम्दानी लिन सकिने कृषकहरु तयार रहेको खण्डमा आफु र आफ्नो सस्था सधै लागिपर्ने बताउनुभयो ।

वडा अध्यक्ष कमल पौडेलले बाख्रापालन बाट जनता समृद्ध बन्न सक्ने भएकाले बाख्रापालनलाई ध्यान दिदै सहयोगका लागि वडा कार्यालय तयार रहेको बताउँनुभयो । पौडेलले पशु र कृषिका कार्यक्रममा बजेट कमि भएको बताँउदै आगामि वर्ष धेरै वजेट छुट्याई समृद्ध पशुपालन र कृषिबाट नै बन्न सक्ने बताउँनुभयो ।

केयुविकेका निमित्त प्रमुख राधा नेपालीले कृषकले गरेको कामको प्रशंसा गर्दै निरन्तरता दिन अनुरोध गर्नुभयो । कार्यक्रममा पशु सेवा कार्यालयका पशु चिकित्सक विष्णु पौडेल पत्रकार विरेन्द्र केसी, लगाएतले मन्तब्य राख्दै कृषकले गरेको कार्यको प्रशंसा गरे ।

गणेश बाख्रापालन समुहका २५ जना महिला सदस्य रहेको समुहमा २५ वटा आधुनिक खोर निर्माण, ५० प्रतिशत क्रस बोका २ वटा, घाँस उत्पादन, कृषकलाई तालिम दिने कार्य समुहले गरेको छ । सुनुवाई कार्यक्रम समुहका अध्यक्ष सावित्रा बन्जाडेको अध्यक्षता, सचिव शरला बन्जाडेको प्रतिवेदन तथा कोषाध्यक्ष सुनिता बन्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भगवती उन्नत भैंसी पालन समूह भगवतिमा पनि सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । केयुविकेको पुरक अनुदान र पशु सेवा कार्यालयको समन्वयमा भएको कार्यक्रममा डा. लमेकनाथ पौडेल, केयुविकेका राधा नेपाली, पत्रकार विरेन्द्र केसीले मन्तव्य राखेका थिए ।

भगवतिमा ९३ जना सदस्य भएको भैसिपालन समुहमा उत्पादन भएको १ सय ५० लिटर दैनिक दूध विक्रीका लागि गुल्मीको तम्घास लैजाने गरिएको छ । स्थानियहरू भन्छन भैसीपालनबाट समृद्व बनी दैनिक घर व्यवहार सञ्चालन गर्न सहज भएको बताए ।