प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो

प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो


विद्यार्थीहरुमा सैदान्तिक ज्ञानले भन्दा व्यबहारिक ज्ञानले छोटो समयमै स्वरोजगार बन्न सकिन्छ भन्ने अभिप्रायले आजकल विद्यार्थी क्याक्पस भन्दा बढी मात्रामा प्राविधिक शिक्षा प्रति आकर्षित भएको पाइन्छ ।

आधुनिक समयमा प्राविधिक शिक्षा तर्फ सबैको आकर्षण बढ्दै गएको छ । समय सुहाउँदो प्राविधिक शिक्षा पाउन विध्यार्थिहरू समेत लालायीत छन् । अझ नेपाल जस्तो अल्पविकशित मुलुकमा यस्तो किसिमको शिक्षा अझ बढी महत्वपुर्ण छ ।

नेपालको विभिन्न स्थानमा अनेक विश्वविद्यालय तथा इन्स्टिच्यूटको संवन्धनमा प्राविधिक शिक्षालयहरु खोल्ने क्रम बढिरहेको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालीका वडा नं ४ स्थित मथुराडाँडामा सिटिईभिटीको संवन्धनमा एग्रोफरेष्ट्रि पोलीटेक्निक इन्श्टिच्यूट नामक शिक्षालय संचालनमा आएको छ । २०७४ कार्तिक देखी नियमित कक्षा संचालन भएको उक्त शिक्षालयमा ४० जना अध्ययनरत छन् ।

नेपाल सरकार शिक्षा मन्त्रालय र सिटिईभिटीको लगानीमा भवन निर्माण भएको र अन्य छात्रवास तथा प्रशासनिक भवनहरू निर्माणाधिन अवस्थामा रहेका छन् । बिहान ६ वजे देखी दिउसो २ बजे सम्म एग्रिकल्चरको स्नातक तहको कक्षा प्रारम्भ भएको शिक्षालयका प्रधानाध्यापक टिकाराम तिमिल्सेना ले बताउनु भयो ।

लुम्विनि अन्चलमा कृषि तथा वन विज्ञान विषयको प्राविधिक शिक्षाको आवश्कता खड्किरहेको अवस्थामा यस शिक्षालयले केही हद सम्म भए पनि विद्यार्थीलाई राहत गरी खोलिएको हुनाले केही हुने देखिएको छ ।। गाँउमा पढेलेखेका मानिसहरु भने पनि सोचेअनुसारको जागिर खान नसक्दा विदेश पलायन भएका युवाहरु गाँउमा नै स्वरोजगारको अबसर ल्याउने गरी खोलिएको यो प्राविधिक शिक्षाले स्थानिय बासिन्दालाई उत्साहित भएका छन् । -अनिल नेपालीबाट