सिन्धुपाल्चोकमा ट्रक दुर्घटना, तीनको मृत्यु

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना, तीनको मृत्यु


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

अरनिको राजमार्गअन्तर्गत बोर्डरल्याण्डमा सवारी दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ, एकको अवस्था अझै अज्ञात छ ।

आज (शुक्रबार) तातोपानीबाट बाह्रविसेतर्फ आउँदै गरेको बा ४ ख २८१२ नम्बरको आइचर सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार बाह्रविसे नगरपालिका मानेश्वाँराका शेखर अधिकारी, सुब्बा अधिकारी र कमल अधिकारीको मृत्यु भएको हो । शेखर सवारी चालक हुन् । बाह्रविसे नगरपालिका राम्चेका सन्तोष तिमल्सिनाको अवस्था अझै अज्ञात छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । सन्तोषको मोबाइल दुर्घटनाग्रस्त आइचर ट्रकमा फेला परेको छ । आइचर सडकबाट खसेर ५० मिटर तल भोटेकोशी नदिमा पुगेको छ ।