आत्मनिर्भर बनाउन महिलालाई सिलाई मेसिन

आत्मनिर्भर बनाउन महिलालाई सिलाई मेसिन


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

जिल्लाका महिलालाई आत्मनिर्भर बनाउनका लागि सिलाई मेसिन वितरण गरिएको छ । बल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पहिलो चरणमा जिल्लाका साविक नौ गाविसका महिलालाई मेसिन प्रदान गरिएको हो ।

वल्र्ड भिजनको सहयोग र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च सिडिइसिएफको साझेदारीमा महिलालाई सिप सिकाई व्यवसायमा लगाउनका लागि मेसिन दिइएको हो । सिडिइसिएफले जिल्लाका साविकका ९ वटा गाविसका महिलालाई जिविकोपार्जनका लागि मेसिन वितरण गरेको जनाएको हो । तीन महिना अघि सिलाई तालिम दिई दक्ष बनाई महिलाहरुलाई मंगलबार दुई सय १४ वटा सिलाई मेसिन हस्तान्तरण गरिएको छ सिडिइसिएफका कार्यकारी निर्देशक गोविन्द सापकोटाले जानकारी दिए ।

आर्थिक स्थिति कमजोर भएका र विपन्न परिवारका सदस्यलाई मेसिन उपलब्ध गराइएको हो । मेसिन सविक गाविस हैबुङमा १८, भोटेचौरमा ३०, फुल्पिङकोटमा २५, जलविरेमा ३३, साँगाचोकमा ४५, कुविण्डेमा २६, पिपलडाँडामा १७ र सानोसिरुवारीमा २० ओटा वितरण गरिएको सापकोटाले जानकारी दिए । मेसिन वितरणपछि व्यवसायिक रुपमा महिलाहरुले सिलाईकटाई काम गरे आफै आत्मनिर्भर हुन सक्ने सिडिइसिएफले विश्वास लिएको छ ।