वडाध्यक्षका छोराको अपहरण

वडाध्यक्षका छोराको अपहरण


जीतपुर (कपिलवस्तु) मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ । वडाध्यक्ष फत्ते मोहम्मदका ६ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घरनजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा पढ्ने रेजमानलाई स्कुल जाँदै गर्दा गाउँबाटै बिहीबार अपहरण गरिएको वडाअध्यक्ष मोहम्मदलाई उद्धृत गर्दै राससले जनाएको छ ।

आफ्नो छोराको अपहरण भएको खबर विहिबार साँझ ५ः०० बजे मात्र थाहा भएको जानकारी दिँदै उनले भनेका छन्, ‘बिहानै नजिकैको स्कुल जान हिँडेको थियो तर बेलुकासम्म घर नआएपछि सोधखोज गर्दा भेटिएन ।’

अपहरण भएको बारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी गरिएको मोहम्मदको भनाई छ । छोराको खोजीका लागि सबैसँग उनले आग्रह गरेका र । अपहरणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जनाएका छन् ।