लण्डन । मिचेट स्थित नेपाली सामुदायिक भवनमा गत आइतवार, १६ सेप्टेम्बर, २०१२को दिनमा नेपाली मेला २०१२मा सहभागी भएका सबै संघसंस्थाहरुलाई निमन्त्रणा गरेर नेपाली मेलाबारे विस्तृत छलफल तथा तमूधिं यूकेका आगामी कार्यक्रमहरुबारे छलफल गर्नकालागि साधरण सभाको आयोजना गरेको थियो । तमूधिं यूकेका अध्यक्ष मुक्षेत्र गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभालाई संस्थाका महासचिव ज्ञाम गुरुङले सञ्चालन गरेका थिए । साधारण सभामा सहभागी भएका सबै संघसंस्थाका अध्यक्ष, प्रतिनिधिहरु, तमूधिं यूकेका पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरु र तम”धिंसंग आवद्ध युवाहरुलाई आफ्नो स्वागत मन्तव्यमा धन्यवाद ज्ञापन गरेर तमूधिं यूकेका उपाध्यक्ष रामचन्द्र गुरुङ (सूर्य)ले सम्बोधन गरेका थिए ।
अलि ढिलो शुरु भएको साधारण सभा दुई सत्रमा परिचालन गरेको थियो । पावर प्वोइन्टद्वारा नेपाली मेलाका संयोजक ले.रि. यादप गुरुङले नेपाली मेला २०१२का विवरणहरु प्रस्तुत गरेका थिए । प्रथम चरणको कार्यक्रममा मेलाका संयोजकले संक्षिप्तमा नेपाली मेलाबारे सम्बोधन गरेपछि उपस्थित संघसंस्थाहरुलाई प्रतिनिधित्व गरेर आएका व्यक्तित्वहरुबाट आ–आफ्नो धारणा प्रस्तुत गर्ने अवसर दिएका थिए । सबैभन्दा पहिले पुन समाज यूके, मगर समाज यूके तथा धवलागिरी पञ्चेबाजा संस्थालाई प्रतिनिधित्व गरी आएका पुन समाजका महासचिव तेज पुनले आफ्नो धारणा व्यक्त गरेका थिए । त्यसपछि लगत्तै थकाली समाजका रेशम शेरचन, किरात याकथुङ चुम्लुङका छत्र लिम्बू, किरात सुनुवार सेवा समाजका जङ्ग सुनुवार, तमाङ समाजका प्रताप लामालगायत तमूधिं यूके अन्तर्गतको संस्थाहरुका प्रतिनिधिहरु र युवाहरुलाई प्रतिनिधित्व गरेका सदस्यहरुले चौंथो नेपाली मेलामा भोगेका कमीकमजोरीहरुको बृहत छलफल गरेका थिए । यसभेलामा एनआरएन बेलायत च्याप्टरका पूर्व अध्यक्ष मे.रि. डमर घले पनि उपस्थित थिए । उनले नेपाली मेलाबारे आफ्नो सकारात्मक धारणा राखेका थिए । विशेषगरी युवाहरु र सुरक्षाको विषयमा लामो छलपmल भएको थियो । सबै सहभागीले उठाएका बुँदाहरुउपर सकारात्मक धारणा राख्दै चौथो नेपाली मेलाबाट लिएको शिक्षाबारे सबैले आत्मसात गरेका थिए ।
यस बृहत मेलाको सुरक्षाको अभिभार लिएका ओमेन्द्र गुरुङ र युवाहरुबाट त्यहाँ घटेका सामन्य अवरोधबारे प्रकाश पारेका थिएभने मेलाका सहसंयोजक क्या.रि. राजु गुरुङले मेलाबारे केही जानकारी प्रकाश पारेका थिए । संयोजक ले.रि. यादव गुरुङले काम गर्दैगएपछि कमीकमजोरीहरुमाथि विजय प्राप्त गर्न सकिन्छ तथा कामबाट मानिसले सिकिन्छ भन्ने कुरा व्यक्त गर्दै आउँदा वर्षहरुमा अझ राम्रो गरिने कुरा राख्दै धन्यवाद ज्ञापन गरेका थिए । तमूधिं यूकेका अध्यक्ष मुछेत्र गुरुङले सहभागी सबै संघसंस्थाहरुलाई आभार व्यक्त गर्दै अब आउने वर्षहरुमा सबै नेपाली हातेमालो गर्दै नेपालीहरुको गौरवशाली परम्परालाई जगेर्ना गर्ने कुरा राख्दै धन्यवाद प्रकट गरेका थिए ।
नेपाली मेलाको छलफलपछि सहभागी सबै संघसंस्थाहरु (२९वटा)लाई प्रशंसापत्र तथा प्रत्येक संस्थालाई सहभागी भएबापत तमूधिं युकेबाट २०० पाउण्ड रकम अध्यक्षको बाहुलीबाट प्रदान गरेको थियो । उपस्थित भएका संघसंस्थाका प्रतिनिधिहरुलाई खादा लगाएर प्रशंसापत्र तथा रकम वितरण गरेको थियो तथा उपस्थित नभएका संघसंस्थाहरुलाई पछि पठाइने कुरा बताएको थियो । खानाको लागि केही समय विश्राम गरेपछि दोश्रो सत्रको कार्यक्रम सम्पन्न भएको थियो । दोश्रो सत्रमा अध्यक्षको बाहुलीबाट मेलामा सराहनीय काम गरेका तमूधिं यूकेका पदाधिकारीहरु, सल्लाहकारहरु र सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । दोश्रो सत्रमा तमूधिं यूकेले आगामी दिनहरुमा सम्पन्न गर्ने कार्यक्रमहरुबारे छलपmल गरेर निर्णय गरेको थियो । नेपाली मेलाको छ जना जजहरुमध्ये एकजना सुमल कुमार गुरुङ (तमूधिं यूकेका सल्लाहकार)लाई पनि सो अवसरमा सम्मान गरेको थियो । सुमल कुमार गुरुङले सर्जकहरु र ट्यालेन्टेड व्यक्तित्वहरुकालागि एउटा प्रतिभा पुरस्कार तमूधिं यूकेले राख्नुपर्ने सल्लाह दिंदै सो अवसरमा तमूधिं युकेलाई नेपाली मेलामा साहित्यकारहरुको बुकस्टलबाट प्रदान गरिएका तीस थान् पुस्तकहरु तमूधिं यूकेका महासचिवलाई हस्तान्तरण गरेका थिए र उनले अझ थप ७५थान पुस्तकहरु निकट भविष्यामा प्रदान गरिने कुरा सभालाई बताएका थिए । श्रोत – सुमल, मेस तस्वीरहसहित
प्रतिक्रिया