देउवा सरकारले गरेको सिफारिस खारेज गर्दै ओली सरकारले राष्ट्रियसभामा तीन अलग्गै नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विना पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ ।
मन्त्रिपरिषदबाट सिफारिस गरिएका यि नामका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने प्राब्धान रहेको छ । यो सँगै उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।
यसअघि देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, विविध कारणले राष्ट्रपति कार्यालयले उक्त सिफारिस विभिन्न बाहना बनाउँदै थन्क्याएर राख्दै आएको थियो ।
कुल ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुरुप ओली सरकारले एक माओवादी कार्यकर्ता र २ जना एमाले कार्यकर्ताको नाम सिफारिस गरेको हो ।
प्रतिक्रिया