देउवा सरकारले गरेको सिफारिस खारेज गर्दै ओली सरकारले राष्ट्रियसभामा तीन अलग्गै नाम सिफारिस गर्नु गलत भएको भन्दै विरोध भैरहेको बेला राष्ट्रपतिले भने उक्त नामहरु स्वीकृत गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ख बमोजिम तीनजनालार्इ राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् ।
मंगलबार उनले झापाका डा युवराज खतिवडा, मकवानपुरका रामनारायण बिडारी र मोरङकी डा विमला पौड्याललार्इ मनोनित गरेकी छन् ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय यसअघि नै भएको थियो ।
मन्त्रिपरिषद्को अघिल्लो बैठकले कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेका नाम फिर्ता लिएको थियो ।
देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेललाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया