अज्ञात समूहले पोखराको बिजयपुरमा बम बिस्फोट भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १४ मा पर्ने विजयपुरमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार बिस्फोटमा २ जना घाइते भएका छन् । बुधवार नेपाल बन्द आह्वान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बिस्फोटमा स्थानीय पत्रकार घनश्याम पाण्डे र एक जना प्रहरी कुलबहादुर खत्री घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएको छ ।
प्रतिक्रिया