रामबहादुर थापाको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने तयारी गरेको छ । माओवादी केन्द्रबाट सरकारको नेतृत्व पार्टी वरिष्ठ नेता रामबहादुर थापाले गर्ने गरी पार्टी भित्र आन्तरीक तयारी भएको हो ।
समाचार शूत्रका अनुशार आज माओवादी केन्द्रले पार्टी विस्तारित सचिवालय सदस्यको बैठक डाकेको छ । सो बैठकले सरकारमा सहभागिता जनाउने मन्त्रीहरू तथा नेतृत्वको टुंगो लगाउने जनाइएको छ ।
माओवादी एक सचिवालय सदस्यका अनुसार थापाको नेतृत्वमा सरकारमा पठाउनेगरी छलफल भइरहेको छ ।
पार्टी अध्यक्षपछि संसद्मा थापा दोस्रो वरीयतामा रहेकाले उनकै नेतृत्वमा सरकारमा पठाउने तयारी माओवादीले गरेको हो ।
थापा राष्ट्रिय सभाबाट निर्वाचित सांसद हुन् । संविधानमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनका सदस्य मन्त्री हुन पाउने प्रावधान छ । उनी पूर्व रक्षामन्त्रीसमेत हुन् ।
प्रतिक्रिया