एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने अन्योल कायमै

एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने अन्योल कायमै


एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने विषयले अर्झै टुंगो पाउन सकेको छैन् । कुल १८ मन्त्रालय रहने ओली सरकारमा ७ मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान माओवादी केन्द्रले राख्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला संकटमा परेका छन् । माओवादीलाई कुन कुन मन्त्रालय दिएर थाम्पुर लगाउने भन्ने जोटघटाउमा उनि लागिपरेका छन् ।

मन्त्रालय बाँडफाँटको विषय र संख्याका बारेमा बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बुधबार छलफल भएको थियो । तर उक्त विषयले अन्तिम रुप नपाउँदै बिहिबार थप कुराकानी र छलफल गर्ने भन्दै बैंठक टुंगिएको थियो । बैंठकमा प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय मात्रै राख्ने सहमति भने भएको बुझिएको छ ।

उता, माओवादी केन्द्रले उपप्रधानमन्त्री, गृह, पर्यटन र भौतिक पूर्वाधार मन्त्रालयसहित कम्तिमा ७ मन्त्रालय पाउनुपर्ने भन्दै अडान राख्दै आएको छ ।

अहिले ३० मन्त्रालय रहेपनि संविधानमा रुपष्ट रुपमा केन्द्र सरकार बढीमा २५ सदस्यीय हुने भन्ने रहेकोले मन्त्रालयको संख्या घटाउनुपर्ने बाध्यता ओली सरकारसँग रहेको छ ।