लण्डन । यूकेभरि नेपाली महिलाहरुले आफ्नो विशेष चाड तीज भव्यताका साथ नाचगान गरी मनाएका छन् । लण्डनलगायत यूकेका हरेक शहर तथा काउन्टीहरुमा बसोबास गर्ने नेपालीहरुले एकजुट भएर विभिन्न समयमा यसपालिको तीज मनाएको खबर छ । ह्यारो, प्लम्स्टेड, क्याम्ब्रिज्ड, हान्स्लो, वूडग्रीन, स्वीन्डन, मोर्डन, एडमन्टिन ग्रीन, केन्ट, अक्स्फोर्ड, फार्नबोरोह, रिडिंग आदि स्थानहरुमा नेपाली महिलाहरुको उल्लासपूर्ण सहभागिता तीजकै सम्वन्धमा रहेको थियो । त्यस्तै गत आइतबार, फार्नबोरोहस्थित कम्युनिटि भवनको हलमा लगभग ५०० जना नेपाली महिलाहरुले अति नै उत्साहका साथ योपालिको तीज मनाएका छन् । सपना राईको संयोजनामा सम्पन्न रहेको उक्त तीज यूकेमा मनाइने तीजहरुमा भव्य र ठूलो अनि राम्रो व्यवस्थापनको रहेको छ ।
-तस्वीरहरुसहित विसन गुरुंग, मेस
वाँकी तस्वीरहरु हेर्न कृपया यहाँ क्लिक गर्नुहोस् । एलबममा रहेका तस्वीरहरुमध्ये आफ्नो तस्वीरहरुको ठूलो प्रति चाहिएमा यस ०७७०३७२२७०३ नम्बरमा फोन गर्नुहोला ।
प्रतिक्रिया