मुलुकको ४१ औं प्रधानमन्त्री बनेको एक साता बितिसक्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।
माओवादीको समर्थनमा सत्ताको लगाम समातेका ओलीले मन्त्रिमण्डल विस्तारका निम्ति छलफल चलाइरहेपनि ठोस परिणाम निस्कन सकेको छैन् ।
आज प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच सरकार विस्तारको बारेमा छलफल गर्न भेटवार्ता भएतापनि ठोस निष्कर्ष भने निस्कन सकेन् ।
कूल दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा दलहरुबीच विवाद रहँदा छलफल निष्कर्षविहीन बनेको बताइन्छ । यसले मन्त्रिपािरषद् विस्तार अन्योलमा परेको प्रष्ट देखिन्छ ।
फागुन ३ गते नयाँ सरकार गठन भए पनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो ।
१५ सदस्यीय मन्त्रिपािरषद बनाउने र एमालेले ९ र माओवादी केन्द्रले ६ मन्त्रालय लिने प्रारम्भीक छलफल भए पनि ओली–प्रचण्डले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सहभागी गराउन चाहेपछि छलफल लम्बिएको नेताहरुको भनाई छ ।
यता, मन्त्रिमण्डल विस्तारमा भैइरहेको ढिलाइले सरकारका महत्वकांक्षी कामहरु प्रभावित बनिरहेका छन् ।
प्रतिक्रिया