चीनमा नेपाल कल्चरल फेस्टिभल – २०१२

चीनमा नेपाल कल्चरल फेस्टिभल – २०१२


बेइजिङ । गत १६ सेप्टेम्बर २ण्१२ आइतबारका दिन चिनको बेइजिङस्थित नेपाली राजदूताबासले बिबिध नेपाली कार्यक्रमको आयोजना गरेर “Nepal Cultural festival-2012” भब्य रुपमा सम्पन्न गर्‍यो । National Center for Performing Artsको हल मा गरिएको उक्त कार्यक्रमको उद्घाटन नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ साथै चीनियाँ उप-परराष्ट्र मन्त्री Fu Ying ले संयुक्त रुपमा गरेकाथिए। चिनका लागी नेपाली राजदूत डा महेश कुमार मास्केले स्वागत भाषण गरेको उक्त कार्यक्रममा नेपाली तथा चीनका अति बिशिष्ठ ब्यक्तिहरुको उपस्थिति थियो ।सुकर्म ब्याण्डका कलाकारहरुले नेपाल तथा चीनको राष्ट्रीय धुन बजाउनुका साथै चीनियाँ चर्चित कलाकार Bian Liunian को साथमा बिभिन्न धुनहरु प्रस्तुत गरेका थिए ।नेपालबाट आएका श्री कला-नाट्य समूहका अध्यक्ष कृष्ण भक्त महर्जनलगायत अन्य कलाकारहरुले मन्जुश्री नृत्य,टप्पा ,तामाङ सेलो,लाखे नाच्,धिमे नाच्,कुमारी नृत्य,याक नृत्य,मयुर नृत्य,झागड नृत्य आदि जस्ता प्रचलित लोक नृत्यहरु प्रस्तुत गरेर कार्यक्रमलाई मनोरन्जक बनाएका थिए ।
बेइजिङस्थित नेपाली राजदूताबासको निमन्त्रणामा हङ्कङबाट गएका गायक तथा संगीतकार चेतमान गुरुङ र तबला बादक हरी श्रेष्ठको प्रस्तुतिले सबैको मन जित्न सफल भएकोथियो । गायक चेतमान गुरुङ्ले भजन शिरोमणी भक्त राज आचार्यको ‘जहाँ छन बुद्धका आँखा’ बोलको अत्यन्तै भावपूर्ण साथै रास्ट्रिय भावनाले ओतप्रोत भएको गीत गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए । गायक चेतमान गुरुङ र हरि श्रेष्ठले ‘बुद्ध नेपालमा जन्मेका हुन्’भनेर नेपाली,अङ्रेजी अनि चीनियाँ तीन भाषामा लेखिएको ब्यानर सहित ‘बुद्धम शरणम् गच्छामी,धम्मं शरणम् गच्छामी,सँघम शरणम् गच्छामी’ भनेर बाचन गर्दा तालीको गडगडाहट्ले हल गुन्जायमान भएको थियो । सो कार्यक्रममा नेपाल एकेडेमी अफ म्युजिक एण्ड ड्रामाका राम कृष्ण दुवालले पनि गीत गाएका थिए ।
कार्यक्रमको दोश्रो दिन १७ तारिखमा नेपाली तथा चीनियाँ चित्रकारहरुको चित्रकला प्रदर्शनी गरिएको थियो । उक्त चित्रकला प्रदर्शनीमा नेपाल ललित कला प्रज्ञा-प्रतिष्ठानका कुलपति किरण मानन्धर्,कर्ण प्रसाद मास्के,सन्त कुमार राई,के के कर्माचार्य साथै चीनियां चित्रकारहरुको चित्रहरुको प्रदर्शनी गरिएको थियो । महामहिम राजदूत डा महेश कुमार मास्केले नेपाली तथा चीनियां चित्रकार हरुलाई प्रसंशा-पत्र प्रदान गरेका थिए भने सोही दिन बेलुकि राजदूताबासमा सम्पूर्ण कलाकारहरुलाई प्रसंसा-पत्र बितरण गरिनुका साथै खादा लगाएर सम्मान गरिएपछि रात्रि-भोजको आयोजना गरिएको थियो ।-हरि, हंगकंग