हंगकंग । गत शनिबार, पर्वत पैयुखोला समाजले जोर्डनस्थित इण्डिया क्लवमा तीज कार्यक्रमको भव्य आयोजना गरेको थियो, जसको अध्यक्षता जेबी गुरुंगले अध्यक्षता गरेका थिए भने संचालनचाहिँ मीन गुरुंगले गरेका थिए । धनसुबा गुरुंगको प्रमुख आतिथ्य रहेको सो कार्यक्रमलाई बबी गुरुंगले दिएकी थिईन् । बिगत वर्षहरुको तुलनामा योपालि हंगकंगमा तीजको भव्यता अति नै चुलिमा रहेको थियो । हरेक समाज तथा संस्थाहरुबाट विभिन्न रेष्टुरेन्टदेखि लिएर पार्क चौक तथा पार्कहरुमा भेला गरेर तीज मनाइएकाथिए । यस पन्ध्र दिनको अवधिमा एक किसिमले भन्ने भए हंगकंग नै रातो भएको थियो । नेपाली महिलाहरुका रातो सारी लगाएर शहर, बाटोबिरात भएको चहलपहलले माथिको कथनलाई पुष्टि गरेको झैं लाग्थ्यो । -तस्वीरहरुसहित याम, हंगकंग, मेस
Click here to find the rest of pictures.
प्रतिक्रिया