न्युनिटन, मिडल्याण्ड, यूके । गत १५ तारिख, मिडल्याण्डको न्युनिटनस्थित साइभरस् हेरिटेजमा सरमूर क्लवले दिल्ली डे उत्सव परम्परागत शैलीको लाली सलाम, लाली स्माइलका साथ मनाएको छ । जम्मा २९ परिवारहरुको सहभागितामा उक्त उत्सव विहानको ११३० बजेबाट १८३०सम्म चलेको थियो ।
भूपू राइफल म्यान रुपबहादुर गुरुंगबाट स्वास्थ्य तथा सुरक्षासम्वन्धी जानकारी दिएपछि शुरु भएको कार्यक्रमलाई भूपू क्याप्टेन(क्यूजीओ) भक्त बहादुर गुरुंगले उत्सवको बारेमा विस्तृतमा आफ्नो मन्तव्यमा चर्चा गरेका थिए । आफ्ना पूर्वजहरुको सम्झनामा एक मिनेटको मौनता राखिएको थियो । भूपू मेजर(एमभीओ)ले दिल्ली डे उत्सवको बारेमा ऐतिहासिक तथ्यहरुलाई पढेर सुनाएकाथिए, जसले दिल्ली डे परेड र रमको सम्झना दिएको थियो । त्यसको लगत्तै भूपू सार्जेन्ट(सेफ) सालिकराम पुनले तयार गरेका नेपाली परिकारहरु सहभागीहरुलाई र्सभ गरिएको थियो ।
भूपू कर्पोरल कुमार गुरुंगले तयार पारेका गीतहरुमा सहभागी महिलाहरु नाचेका थिए, उही समयमा तीजको रौनक पनि सो कार्यक्रममा व्यक्तिएको थियो । सरमूर बार भूपू कर्पोरल बिष्णुबहादुर मस्रांगी मगरको रखेदेखमा खोलिएको थियो, जसमा राखिएका पेयहरुको सेवन गर्दै आफ्ना पुराना दिनहरुको सम्झनालाई कुराकानीमा राख्दै सहभागीहरुले यो वर्षको दिल्ली डे उत्सव मनाएका थिए ।-रामबहादुर राना (बीईएम)
Click here to view the album
प्रतिक्रिया