अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रसँग मिलेर आर्थिक विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रसँग मिलेर पूर्वाधारको विकासमा वार्षिक ६ खर्ब रुपैयाँ लगानी गर्ने उनले बताए ।
औद्योगिक क्षेत्रको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक विकास सरकारको मुख्य लक्ष्य रहेको भन्दै उनले निजी क्षेत्रका समस्याबारे आफू जानकार रहेको र त्यसलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाए ।
खतिवडाले एकदेखि दुई खर्ब सरकारले लगानी गर्ने र बाँकी रकम निजी क्षेत्रबाट जुटाउने जानकारी दिए । उनले निजी क्षेत्रले निर्धक्क भएर लगानी गर्ने वातावरणस्वरूप सरकारले लगानी बोर्ड र उद्योग व्यवसाय ऐनमा आवश्यक सुधार गर्ने तथा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन सक्दो चाँडो बनाउने प्रतिवद्धता जनाए । ‘निजी क्षेत्रका समस्याप्रति म जानकार नै छु, लगानी प्रवद्र्धनका लागि कानुनी तथा नीतिगत सुधारका निमित्त म र अर्थ मन्त्रालय दुवै तयार छौं,’ खतिवडाले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग भने । कारोबार दैनिक
प्रतिक्रिया