कालोबजारी र तस्करलाई
पुरस्कार छ सहरमा
नजिक छ मृत्यु हरपल
हतियार छ सहरमा
उज्यालो खोज्न पो आएछौ कठै !
अन्धकार छ सहरमा
नसोचेको घटना भइदिन्छन्
चमत्कार छ सहरमा
राष्ट्रियताको गफ लडाउने
विदेशीको मतियार छ सहरमा
हेर्छ अनि फिस्स… हाँस्छ
यो शम्भु बेकार छ सहरमा ।
प्रतिक्रिया