आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिने


आफ्नो पक्षमा दुई तिहाइ समर्थन लिदैं प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदमा विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत दिने छन् ।

‘प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार प्रम ओलीले आज विश्वासको मत लिन लागेका हुन् ।’ एक एमाले नेताले भने, ‘उनको पक्षमा दुई तिहाइ मत रहेको छ ।’

प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन ओली नेतृत्वको सरकारको पक्षमा देखिएको छ । ति नेताले भने, ‘दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्नेछ ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको विपक्षमा मतदान गर्नेछ भने नेमकिपा र नयाँ शक्तिले समर्थन गर्ने निर्णय गरिसकेका छैनन् । यता, प्रम ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र केही स्वतन्त्र सांसदहरुले मतदान गर्ने भएकाछन् ।