हंगकंगमा तनहुँ समाजको दशैं

हंगकंगमा तनहुँ समाजको दशैं


हंगकंग । गत २७ तारिख, जोर्डढनस्थित इण्डिया क्लवमा २०१२ को दशैं तथा तीहार को अवसर पारेर तनहुँ समाज हंगकंगले एक सदभावनास्वरुपको मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेर आफ्नो समाजका लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुका साथ नेपाली चाड मनाएको छ । समाजका सचिव सुवित गुरुंगले कार्यक्रको औपचारिक चरणको संचालन गरेका थिए भने, समाजकै अध्यक्ष भीम गुरुंगले सभापतित्व गरेका थिए । प्रमुख अतिथिमा यूकेबाट आएका भूपू अध्यक्ष तुलवीर गुरुंग रहेका थिए । यसै वर्षबाट तनहुँ समाजले जिल्लामा एसएलसीमा टप गर्ने पुरुष र महिलालाई छात्रवृद्धि प्रदान गर्नुका साथै क्याम्पसमा पढ्दै गरेको गरुवि तर जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृद्धि प्रदान गर्ने वचन मन्तव्यको क्रममा कार्यक्रमका सभापतिले भनेका थिए ।
त्यसको लगत्तै विभिन्न नाचगान गरी तथा दशैं र तीहारको उपलक्ष्यमा शुभकामनाहरु आदान प्रदान गरी रातको अबेर सो कार्यक्रम सम्पन्न भएको थियो ।
तस्वीरसहित याम तमू, मे, हंगकंग
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।