हंगकंग । गत आइतबार २८ अक्टोबर २०१२ का दिन दशैंको शुभकामाना आदानप्रदान तथा भेटघाट कार्यक्रम बेलुकि नेवा समाज हंगकंगले आयोजना गरेर दशैँ सामूहिक टीका उत्सव भव्य रुपमा सम्पन्न गराएको छ। हङकङका प्रसिद्ध कलाकार हरी श्रेष्ठको वाबा नेवा समाज हंगकंगको जेष्ठ नागरिक ग्ररुदास श्रेष्ठको हातबाट प्रमुख अतिथिका साथै अन्य उपस्थिति सबैले टीका तथा आशीर्वाद ग्रहण गरेका थिए ।
नेवारी तथा नेपालको संस्कृति र प्रचलनहरुप्रति रुची लिने स्थानीय हङकङबासी नागरिकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेवारी तथा नेपाली भोजनको परिकारले सजिएको बफे, नेवारी गीत तथा नेपाली संगीत, नेपालको प्राचिन इतिहाससम्बन्धी हङकङका चर्चित कलाकारहरु नागेन्द्र श्रेष्ठ, हरी श्रेष्ठ, कृष्णभक्त महर्जन, श्याम मानन्धार, महेश शिल्पकार, रचना श्रेष्ठ, सोनाम महर्जन, बिजयहरुले सांस्कृतिक कार्यक्रमलाई रोचक बनाएकाथिए । दशैंको उपलक्ष्यमा विधिवत रुपमा नेवार समाज हंगकंगले हरेक वर्ष दशैं उल्लासमय रुपमा मनाउँदै आएको छ ।
बेलुकि छ बजे बाट शुरु भएको उक्त दशैंको कार्यक्रममा शुभकामना आदान प्रदान,झसांस्कृतिक कार्यक्रम प्रस्तुतिका साथै सामूहिक नृत्यमा मध्ये रातसम्म सबै झुमेर नाचेका थिए। -हरी श्रेष्ठ, हंगकंग, तस्वीरसहित मेस
प्रतिक्रिया