यो देशको सरकार
कुकुर पाल्छ
कवि पाल्दैन
कुकुरलाई माला लगाउँछ
कविलाई हथकडी
उसका शब्दहरूलाई थुनुवा पुर्जी ।
ए मेरो देशको सरकार !
के कवि आतङ्कवादी हो ?
के उसका शब्दहरू देशद्रोही छन् ?
के उसका शब्द–शब्दमा स्वतन्त्रता हराएको छ ?
के उसका शब्द–शब्दमा देश खण्डित भएको छ ?
ऊ त आफ्नै करङ्गको गीत गाएर हिँडेको मान्छे
उसको पाइला–पाइलाको
पदचापका देशको भजन छ ।
ए माधव !
कति पटक चढ्नुभयो
गरिबीको सगरमाथा
ए शेरबहादुर !
कतिपटक हिँड्नुभयो–
मेरो प्रिय देशको मिचिएको सिमानामा ?
ए सुशील !
राख्नुभएको छ–
आफ्नो पोल्टामा राष्ट्रियता ?
ए प्रचण्ड !
मेरा दिदीबहिनीहरूको–
सिन्दुर फर्काउन सक्नुहुन्छ ?
सक्नुहुन्न भने
बनिरहनुस्– देशको दास !
ए मेरो देशको सरकार !
कविलाई हथकडी लगाएर रमाउन त सक्छौ,
रमाऊ ।
एक दिन कवि रोयो भने देश रुनेछ
त्यो बेला तिम्रो कुकुरहरू भुक्न छाड्ने छन्
के यो देश बिगार्ने कवि हो ?
के यो देश बिगार्ने भरिया हो ?
के यो देश बिगार्ने मजदुर हो ?
कवि बहुलायो भने एक दिन देश बहुलाउनेछ ।
चभनmष्दचयतजभच२थबजयय।अयm
शैलेश्वरी हेऽ बडीमालिका !
– रामेश्वर राउत मातृदास
वैजनाथ सिद्धेश्वर शक्ति सर्वेश्वरी
अपि÷शैपाल सृष्टि शिरमा शील शैलेश्वरी
कोटीकोटी नयन निहारी
बसेकी छौ संसारलाई सिहारी
महाकाली लक्ष्मी हेऽमहासरस्वती
चन्द्र÷सूर्य झलमलाउँछन् तिमी नै हौ ज्योति
वैद्यनाथ हेऽ त्रिपुरासुन्दरी
हृदयमा बसिरहू धुनभरि
माता बडीमालिका सर्वहिते कालिका
हामी पुत्रपौत्रादि अन्जान बालबालिका
स्वामी खप्तड जननी नेपाल
न्याय विवेक नहुन् यी बेहाल
तपोभूमि सभ्यताको आर्य आँगन पिँढी
जन्मौँजन्म लाग्यो यहाँ आउँदा हिँडीहिँडी
शैलेश्वरी हेऽ बडीमालिका
भुक्ति मुक्ति हुन् नेपाल कालिका
रारामा
वहिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
प्रतिक्रिया