प्रधानसेनापतिबाट दज्र्यानी चिह्न प्रदान

प्रधानसेनापतिबाट दज्र्यानी चिह्न प्रदान


प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्ययु) का निर्देशक सहायक रथी काजीबहादुर खत्रीलाई बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष समारोहमा उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरे ।

जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्तिका अनुसार मन्त्रिपरिषद्को मिति २०७४ फागुन २८ गतेकोे निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सहसंयोजकको जिम्मेवारी दिइएको छ ।