सरकारमा जाने निर्णय गरेको संघीय समाजवादी फोरम आन्तरिक विवादमा फसेको छ । सरकारमा को–को मन्त्री बन्ने भन्ने विवाद उत्कर्षमा पुगेको हो ।
मन्त्रीका लागि सुरुदेखि चर्चामा रहेका राजेन्द्र श्रेष्ठ र रेणु यादवको नाममै विवाद निम्तिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
स्रोतका अनुसार श्रेष्ठ र यादव दुवैलाई मन्त्री बनाउन नहुने ‘लबिङ’ बलियो बन्दै गएको छ । यसका लागि फोरमका केही नेताले प्रत्यक्ष निर्वाचनबाट निर्वाचितलाई मात्रै मन्त्री बनाउनुपर्ने तर्क गरेका छन्।
सरकारमा सहभागी हुन फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन वाम गठबन्धन सहमत भइसकेको छ ।
फोरम स्रोतका अनुसार महासचिव रामसहाय यादवसहितको टोली सहअध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउन नहुने अडानमा छ । साथै, संविधान संशोधन नगरी सरकारमा जानै नहुने तथा गए पनि प्रत्यक्ष निर्वाचितलाई मात्रै पठाउनुपर्ने तर्क यो टोलीको छ ।
प्रतिक्रिया