उल्झनको लण्डन प्रिमियर सम्पन्न

उल्झनको लण्डन प्रिमियर सम्पन्न


लण्डन र नेपाली चलचित्र उल्झनको रेड कार्पेट प्रिमियर सो बेलायतको अलडरसटस्थित एम्पायर हलमा गत आइतवार एक भब्य समारोहका बीच सम्पन्न भएको छ । बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतितीथ्यमा आयोजित उक्त प्रिमियर शोमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङलगायत बेलायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र उलेख्य संख्यामा बेलायतवासी नेपालीहरुको सहभागिता रहेको थियो ।

रूमानी सपना बोकेर विदेशिएको युवा, उसको भोगाइ र त्यसले घर समाजमा पारेको असरलाई चलचित्रमा देखाइएको छ । चलचित्र हेर्ने दर्शकहरुले चलचित्र मन पराइएको पाइएको छ, चलचित्रको कथा, संवांद, गीत राम्रो तथा चलचित्र सन्देशमूलक भएको दर्शकहरुको प्रतिकृया थियो । दर्शकहरुले बेलायतवासी नायक ध्रुवदत्तको अभिनयको प्रशंसा गरेका थिए ।

राजू धिकारीको निर्देशन रहेको सो चलचित्र २५ मार्चमा साऊथ ह्यरो , ३१ मार्चमा स्विंडन र अन्य शहरहरुमा पनि प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा, ध्रुव दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा , रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको उल्झनको निर्माताहरुमा नबिन अधिकारी, हरि कार्की र कार्यकारी निर्मातामा नारायण ढुङ्गाना रहेका छन् । सो चलचित्रको नेपालको प्रदर्शन मिति छिट्टै तय गरिने चलचित्र निर्माण समूहले जनाएको छ ।