सिन्क्रोनाइज्ड इम्बोसड ल्यामिनेट फ्लोरिङ पार्केट बजारमा

सिन्क्रोनाइज्ड इम्बोसड ल्यामिनेट फ्लोरिङ पार्केट बजारमा


एसभी ग्यालरीले ग्राहाकहरुको मागलाई मध्यनजर गर्दै नेपालमै पहिलोपटक हाई प्रिमियम क्यालिटीको सिन्क्रोनाइज्ड इम्बोस्ड ल्यामिनेट फ्लोरिङ पार्केट बजारमा ल्याएको छ । भारतमा सर्वाधिक बिक्री हुने फ्लोरिङ एक्सन टेसा पार्केटिङको एसभी ग्यालरीले पाँच वर्षदेखि नेपाल अधिराज्यभरि बिक्री गर्दै आएको कम्पनिका अध्यक्ष रामचन्द्र शाहले जानकारी दिएका छन् । ३ सय भन्दा बढी डिलरहरुका माझ भएको बिजनेस मिटमा कम्पनीले गुणस्तरमा कहिले पनि सम्झौता नगर्ने दाबी गरेको छ । इन्टेरियर डिजाइनरहरूमाझ लोकप्रिय एक्सन टेसा, फ्लोरिङ पार्केटिङ हाइडेन्सिटी फाइबरयुक्त (एचडिएफ) क्याटेगोरीको पार्केटिङ हो ।

विशेषता :
एस भिग्यालरीका निर्देशक दिपक शाहका अनुसार अहिलेसम्म नेपाली बजारमा मिडियम डेन्सिटी फाइबर (एमडिएफ) पार्केटिङ मात्र उपलब्ध भएको अवस्थामा अझ गुणस्तरीय पार्केटिङको खोजी गर्नेहरुकालागि हाइडेन्सिटी फाइबरयुक्त फ्लोरिङ पार्केटिङ उपलब्ध गराएका छाँ । जुन मिडियम डेन्सिटी फाइबर भन्दा हाइडेन्सिटी प्रिमियम प्रोडक्ट भएका कारण तौलिदा अधिक तौल हुने गर्दछ । तुलनात्मक रुपले मिडियम भन्दा हाइडेन्सिटी फाइबरयुक्त फ्लोरिङ पार्केटिङ २५ प्रतिशतसम्म तौल बढी हुन्छ । जसको कारण बलियो र भरपर्दो हुने एक्सन टेसाका जनरल मेनेजर यक पाण्डेले बताएका छन् । सिन्क्रोनाइज्ड इम्बोसड ल्यामिनेट फ्लोरिङ भएका कारण पनि यो फ्लोरिङ गुणस्तरीय र स्वास्थबर्धक हुने विश्वास व्याक्त गरे । हाई प्रिमियम लेमिनेटड टेसाका पार्केटिङको थप विशेषता भनेको वाटर रेसिस्टेन्ट तथा कुनै किसिमको दाग तथा धब्बा नलाग्ने भएको पनि कम्पनीको दाबी रहेको छ ।

यसको माथिल्लो भागमा आल्मुनियमअक्साइ कोटेड र तल्लो भाग मेलामाइन कोटेड गरिएको हुन्छ । त्यसैले यसलाई २ दिनसम्म पानीमा भिजाउँदा पनि कुनै असर गर्दैन । त्यस्तै टेसाबाट उत्पादित फ्लोरिङ, सिग्रेट बर्न रेसिस्टेन्ट भएको हुँदा तुरुन्तै आगोले समेत यसलाई नटिप्ने कम्पनीका अध्यक्ष रामचन्द्र शाहले बताएका छन् । शाहका अनुसार, यस एमडिएफ पार्केटिङमा इन्टर लकिङ सुविधा भएकाले भूइमा ओछ्याए पछि एक अर्को पार्केटिङलाई बलियो गरी जोड्छ । जसको कारण यताउति सर्दैन । कोठमा घुमाउने कुर्सी गुडाउँदा पनित्यसको पांग्राले यसलाई कुनै असर गर्दैन । यो फ्लोरिङ पार्केटिङ आफैमा २५ प्रतिशतसम्म अधिक तौलको भएका कारण यसको भार बहन क्षमता पनि अन्य फ्लोरिङ पार्केटको भन्दा बढी हुने गरेको छ ।

उपयोगिता :
यसलाई लिभिङ तथा बेड रुम, कन्फरेन्स हल, होटलहरुको भूइमा ओछ्याउन सकिन्छ । यसलाई कटनको कपडा र पानीले पुछेर निकै सजिलोसँग सफा गर्न सकिन्छ । कार्पेट लगाउँदा ब्याक्टेरिया जम्ने समस्याबाट यसले मुक्ति दिन्छ । हाडका बिरामीहरुलाई भूमिमा सुतेर एक्सरसाइज गर्न पनि टेसाको लेमिनेटेड पार्केटिङ निकै उपयुक्त मानिन्छ । बिकसित देशहरुमा लेमिनेटेड पार्केटिङलाई एयर पोर्ट, बसपार्क तथा सार्वजनिक महत्वका स्थलहरुमा पनि प्रयोग गरिन्छ । अध्यक्ष रामचन्द्र शाहका अनुसार, पार्केटिङ ८ एमएम र १२ एमएमका ८*४८ इन्चका साइजमा उपलब्ध रहेको छ । कम्पनीले पार्केटिङमा प्रयोग हुने डोर प्रोफाइल र एस्कटिङ (पर्खालको भित्तामा लगाइने) एक्सेसरिज पनि उत्पादन गरेको जनाएको छ ।