गल्ती हाम्रो पनि छ

गल्ती हाम्रो पनि छ


– सुुशील देवकोटा

०६२/६३ को आन्दोलनपछि अधिकांश नेपालीलाई यो सपना बाँडिएको थियो कि यो ऐतिहसिक परिवर्तनपछि अब देशले काँचुुली फेर्छ । अब देशमा जनताको शासन हुुन्छ । जनताको प्रतिनिधिले लेखिएको संविधान लागुु भएपछि देशमा चारैतिर विकास र समृद्धि फैलिन्छ । कोही अशिक्षित रहँदैनन्, कसैले स्वास्थ्य उपचार नपाएर मर्नुु पर्दैन, कोही बेरोजगार हुुँदैनन्, कसैले भोकै रहनुुपर्दैन र कसैले नाङ्गै रहनुुपर्दैन । अनि हामी सोझासिधा जनताले नेताले भनेका त्यही कुुरा पत्याएका थियौँ वा भनौँ पत्याउन बाध्य बनाइएका थियौँ । बाध्य यस अर्थमा कि जनताको शासनको नाम त दिइयो तर जुुन ठूूला–ठूूला घोषणाहरू गरियो त्यसमा जनताको अभिमत लिनुुपर्छ भन्ने सामान्य प्रजातान्त्रिक मान्यतालाई नै लत्याइयो ।

बल मिच्याँइझैँ गरेर देश गणतन्त्रमा गएको घोषणा गरियो, चोर बाटोबाट धर्मनिरपेक्षता छिराइयो त्यैपनि हामीले केही बोलेनौँ वा बोल्न जरुरी ठानेनौँ । जो जसले बोले उसलाई यो परिवर्तनको शत्रुु जस्तो व्यवहार गरियो र उसको आवाज दबाउन ठूूलै शक्ति खर्च गरियो जबर्जस्ती परिवर्तन लाद्नेहरूबाट । जनताले नचाहेको र नमागेको यो रिमोटबाट स्थापित परिवर्तनको विरुद्धमा जस्तो र जत्रो बिरोध हुुनुु पर्थ्यो जस्तो र जत्रो आवाज उठनुु पर्थ्यो– त्यो उठ्न सकेन । हुुनसक्छ त्यतिबेला हामीलाई लाग्यो होला यो परिवर्तनको गर्भमा हाम्रो सुुनौलो भविष्य लुकेको छ र शायद विरोधमा बोलेर हामी आफैंले आफ्नो सुुनौलो भविष्यलाई गर्भमै तुुहाउने हिम्मत गरेनौँ वा चाहेनौँ । हामीले हाम्रो सुुन्दर भविष्य आउने छ भनेर धैर्य ग¥यौँर पर्खियौँ । यो हाम्रो पहिलो गल्ती थियो ।

ऐतिहासिक परिवर्तन भनिएको कथित परिवर्तनको लगभग १० वर्षको अनेक नाटकपछि बल्ल देशमा संविधान जारी भयो । जनतालाई ठूूला ठूूला सपना बाँड्ने परिवर्तनका पक्षधरहरूले जारी गरेको संविधान पहिलो गाँसमै ढुुङ्गासरह भयो । नेता र तिनका अन्धभक्त बाहेक संविधान पढ्ने हरेकले यो प्रतिक्रिया दिए कि यो संविधानले अरु केही देला–नदेला त्यो आफ्नो ठाउँमा छ तर शान्ति, समृद्धि र विकास चाहिँ सम्भव छैन । बुुझाउनेहरूले धेरै बुुझाउन खोजे, हामीलाई जगाउन खोजे । तर हामी त मानौँ नजाग्ने दृढ प्रतिज्ञा गरेर सुुतेको अभिनय गरिरहेका थियौंँ यसैले ती इमानदार आवाजको खबरदारीमा हामी जागेनौँ, उठेनौँ र बोलेनौँ ।

आज छानी–छानी देशको मौलिक पहिचानहरूमाथि आक्रमण गरिँदैछ । देशलाई एक सुुत्रमा बाँध्ने एकताको माला चुुँडालिँदै छ, राष्ट्रिय भाषामाथि प्रहार गरिँदैछ, राष्ट्रिय धर्ममाथि प्रहार गरिँदैछ, राष्ट्रिय पोशाकको अस्तित्व मेटाइँदै छ तर हामी चुुप लागेर रमिते भएर बसेका छौँ । तमाशा हेरिरहेका छौँ । देशको संवैधानिक अङ्ग र तिनका प्रमुुखहरू विरुद्ध खुुलेर आक्रमण हुुँदैछ, तिनको तेजोबध गर्ने कार्य गरिँदैछ तर हामी मुुकदर्शक भएर बसेका मात्रै छैनौँ बरु पार्टीको निर्देशनमा ताली पड्काउने काम गरिरहेका छौँ ।

हामी नबोल्नुुको कारणचाहिँ देशमा आएको परिवर्तनसँगै हामी पनि परिवर्तित हुुनुु हो । पहिला हामी देशका जनता थियौँ, नेपालका नागरिक थियौँ तर देशमा आएको परिवर्तनपछि हामी विभिन्न पार्टीको कित्तामा बाँडियौँ र त्यो पार्टीको भिड मात्रै भयौँ । एउटा यस्तो भिड जसलाई पार्टीले जहिले जहाँ जसरी चाहन्छ उपयोग वा दुुरुपयोग गर्छ । मानौँ ती पार्टीका नेताचाहिँ रिङ मास्टर भए र हामीचाहिँ सर्कसका कुुनै जनावर, जसलाई रिङ मास्टरले बस् भन्दा बस्छ, उठ् भन्दा उठ्छ र सलाम गर् भन्दा सलाम समेत गर्छ । यो हामीले अर्को ठूूलो गल्ती गऱ्यौं ।

हामी यसरी बाँडिनुुको फाइदा नेता र तिनलाई रिमोटबाट सञ्चालन गर्नेहरूले उठाउन थाले । जुुन क्रम आजको मितिसम्म रोकिएको छैन । तर हामी नेताको स्तुुतीगान र पार्टीभक्तिमा यति लीन भएका छौँ कि आफ्नै आँखाअगाडि आफ्नै देश खण्डित भैरहेको देखिरहेका छैनौं । देशलाई बाँदरको कथामा जस्तो टुुक्रा–टुक्रामा विभाजन गरेर विघटन गर्न लागिएको महसुुस नै गर्न सकिरहेका छैनौँ ।

आज छानी–छानी देशको मौलिक पहिचानहरूमाथि आक्रमण गरिँदैछ । देशलाई एक सुुत्रमा बाँध्ने एकताको माला चुुँडालिँदै छ, राष्ट्रिय भाषामाथि प्रहार गरिँदैछ, राष्ट्रिय धर्ममाथि प्रहार गरिँदैछ, राष्ट्रिय पोशाकको अस्तित्व मेटाइँदै छ तर हामी चुुप लागेर रमिते भएर बसेका छौँ । तमाशा हेरिरहेका छौँ । देशको संवैधानिक अङ्ग र तिनका प्रमुुखहरू विरुद्ध खुुलेर आक्रमण हुुँदैछ, तिनको तेजोबध गर्ने कार्य गरिँदैछ तर हामी मुुकदर्शक भएर बसेका मात्रै छैनौँ बरु पार्टीको निर्देशनमा ताली पड्काउने काम गरिरहेका छौँ । जुुन अख्तियारको नाम सुुन्नेबित्तिकै कुुनै बेला ठूूला ठूूला नेताको मुुटुु काम्थ्यो आज त्यही अख्तियार स्वयम् अस्तित्वविहीन भएर बसेको छ । राजाको शासनमा समेत न्यायको लागि विश्वासयोग्य मानिएको न्यायलयलाई पङ्गुु बनाउन सफलतापूूर्वक ठूूलै षडयन्त्र रचिएको उदाहरण देखिसकिएको छ तर हामीमा अब त जाग्नुुपर्छ भन्ने चेतना जागेको छैन । अनि यो देखे–बुुझेका ती अदृश्य शक्तिले हामीलाई थप विभाजन गर्न नयाँ–नयाँ चाल चलिरहेका छन् अनि नयाँ–नयाँ गोटी फ्याँकिरहेका छन् र हामी तिनको चालमा फस्दै पनि गैरहेका छौँ ।

उनीहरूलाई थाहा छ– नेपाली एकआपसमा साह्रै मिल्ने मानिस हुुन् । त्यसैले यदि नेपालमा आफ्नो स्वार्थ पुूरा गर्नुुछ भने पहिला नेपालीहरूलाई फुुटाउन र एकआपसमा लडाउन जरुरी छ । अनि नेपालीहरूलाई फुुटाउने र जुुधाउने हतियारको रुपमा उनीहरूले प्रयोग गरे जातियताको बिउ । यसको लागि एकातिर उनीहरूले गाउँका सिधासोझा जनतालाई विभिन्न प्रलोभन देखाएर भाँड्न थाले भने अर्कोतिर सामाजिक सञ्जालको समेत भरपुुर दूूरुपयोग गरे । किराँतहरूको नक्कली परिचय बनाएर बाहुुन–क्षेत्रीलाई गाली गर्ने अनि बाहुुन–क्षेत्रीको नक्कली परिचय बनाएर किराँतहरूलाई गाली गर्ने लगायत पहाडे र मधेसीलाई जुुधाउने, नेवार र मंगोल अनि नेवार र बाहुुन–क्षेत्रीलाई जुुधाउने काम गर्न थाले ।

हाम्रो देश हामीले नै जोगाउने हो । हाम्रो नेपाल हामीले नै बचाउने हो । त्यसको लागि हामीले गर्नुुपर्ने काम भनेको हामी सबै मिलेर एक जुुट भएर ती स्वार्थी तत्वको विरुद्ध डटेर उभिने हो । हामीबीच भएका आपसी मतभेद हामी आफैं मिलाउन सक्षम छौँ त्यसका लागि हामीलाई कुुनै विदेशी शक्ति वा स्वार्थी दूूतको आवश्यकता छैन भन्ने सन्देश दिँदै त्यो अदृश्य शक्ति र त्यसका गोटीहरूलाई खेल्नको लागि स्थान नै नदिने हो । हामीले यो बुुझ्न अब ढिलो गर्नुुहुुन्न कि हाम्रो देशमा विदेशी चलखेल बढ्नुुको कारण हामी स्वयम् पनि हौँ ।

हामी सोझा नेपाली तिनको चालमा फस्दै गयौँ र अहिले स्थिति यस्तोसम्म देखिएको छ कि कुुनै बेला एकअर्कालाई दाजुुभाइ मान्ने र त्योअनुुसारको माया, प्रेम र सदभाव राख्ने हामी नेपालीहरू अर्को जातको मानिसलाई जन्मजात शत्रुु ठान्न थालेका छौँ । सामाजिक सञ्जालमा अर्को जातको विरुद्ध विष वमन गर्ने त्यो मानिस यथार्थमा छ कि छैन भन्नेतर्फ हामी सोच्दैसोच्दैनौँ । मेरो जात वा हाम्रो जातको मान्छेलाई फलानो जातको मान्छेले यस्तो भन्यो भन्ने आवेशमा हामी त्यस जातको मानिसलाई तथानाम गाली गर्न थालिहाल्छौँ, आपसमा जुुध्न र लड्न थालिहाल्छौँ । अनि ती स्वार्थी समूूह आफ्नो सफलतामा थप हौसिन्छन् र हामीबीच अझै धेरै वैमनस्यताको विष घोल्न लागि पर्छन् ।

राष्ट्र प्रेम हाम्रो रगतमा भएको हामी नेपालीको संस्कार हो– राष्ट्रियता । हाम्रो राष्ट्रियता अझै पनि सम्पूूर्ण रूपमा मरिसकेको छैन त्यसैले बेला–बेलामा हाम्रो राष्ट्रियता जाग्छ । राष्ट्रियताको संस्कार हामीले चटक्कै छोडेका छैनौँ भन्ने उदाहरण हामीले भारतीय नाकाबन्दीको बेलामा प्रत्यक्ष रुपमा प्रस्तुुत पनि गरेका हौँ । र, जब–जब पनि हामीले देशलाई, आफ्नो राष्ट्रलाई सबैभन्दा धेरै महत्व दिएर हामी सबै नेपाली बनेर, मिलेर र एकजुुट भएर डटेर उभिएका छौँ, हामीले ठूुला–ठूूला शक्तिलाई पनि पराजित गरेका छौँ । यो कुुरा ती स्वार्थी तत्वले बुुझेका छन् त्यसैले उनीहरू हामीलाई एकजुुट हुुन नदिन अनेक भ्रम छरिरहन्छन्, प्रलोभनका अनेक गोटी फ्याँकी रहन्छन् र हाम्रो सामाजिक सदभावमा खलल पार्ने नयाँ–नयाँ झटारोहरू प्रहार गरिरहन्छन् ।

हाम्रो देश हामीले नै जोगाउने हो । हाम्रो नेपाल हामीले नै बचाउने हो । त्यसको लागि हामीले गर्नुुपर्ने काम भनेको हामी सबै मिलेर एक जुुट भएर ती स्वार्थी तत्वको विरुद्ध डटेर उभिने हो । हामीबीच भएका आपसी मतभेद हामी आफैं मिलाउन सक्षम छौँ त्यसका लागि हामीलाई कुुनै विदेशी शक्ति वा स्वार्थी दूूतको आवश्यकता छैन भन्ने सन्देश दिँदै त्यो अदृश्य शक्ति र त्यसका गोटीहरूलाई खेल्नको लागि स्थान नै नदिने हो । हामीले यो बुुझ्न अब ढिलो गर्नुुहुुन्न कि हाम्रो देशमा विदेशी चलखेल बढ्नुुको कारण हामी स्वयम् पनि हौँ । हामीले देशको पहिचान भन्दा पहिला, नेपाली हुुनुुको पहिचानभन्दा पहिला आफ्नो जातीय पहिचानलाई महत्व दिएर आपसमा जुुध्नाले उनीहरूले हामीमाझ स्वार्थको खेल खेल्ने स्थान पाएका हुुन् ।

यदि हामी अझै पनि जाग्दैनौँ र देश बचाउन उठ्दैनौँ र अझै पनि आपसमा लड्ने, जुुध्ने र भिड्ने गल्ती गर्छौं भने एनजीओ, आइएनजीओ, ईयूू र यस्तै स्वार्थी तत्वहरूले हाम्रो बीचमा अझै धेरै वैमनस्यताको विष घोल्ने अवसर पाउनेछन् । त्यसपछि जीत उनीहरूको हुुनेछ र देशले हार्नेछ । तपाईंहामीले हार्नेछौँ र इतिहासमा कहिले कसैको दास नबनेका हामी नेपाली आफ्नै गल्तीको कारणले ती स्वार्थीहरूको दास हुनेछौँ । त्यसैले उठौँ, जागौँ, जुुटौँ र तमाम विखण्डनकारीहरूलाई लखेटौँ र पहिला देश बचाऔँ– पहिला नेपालको रक्षा गरौँ ।