सनराइज बैंकद्वारा भाइबर सेवा शुरु

सनराइज बैंकद्वारा भाइबर सेवा शुरु


देशको स्थापित प्रमुख वाणिज्य बैंकमध्यको एक सनराइज बैंक लिमिटेडले स्थापनाकालदेखि नै आफ्ना ग्राहक वर्गलाई सरल एवम् सहज वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरू भित्रिरहेको क्रममा सनराइज बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै भाइबर बैंकिङ सेवा सुरु गरेको छ ।

उक्त भाइबर बैंकिङ सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ सेवाको बारेमा जानकारी लिन सक्ने बैंकले जनाएको छ । भाइबर बैंकिङ सेवा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर उक्त बैंकको स्मार्ट बैंकिङ सेवामा रजिष्टर गरिएको हुनुपर्ने बताइएको छ । भाइबर बैंकिङ सेवामार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धति खाताको जानकारीलगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएमसम्बन्धी जानकारी लिन सकिने छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा ए.टि.म मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।