आधारशिला कलेजको आयोजनामा प्रथम आधारशिला कप अन्तर कलेज बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २०७४ चैत्र २३ र २४ गते संचालन हुनेछ ।
आजको युवाको इच्छा खेलकुद र शिक्षा भन्ने मूल नारका साथ आयोजना हुन लागेको प्रतियोगितामा २४ टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता संयोजक रघुनाथ पौडेलले जानकारी गराए ।
प्रतियोगिता गर्नुको मूल उद्धेश्य विद्यार्थीहरुका विच रचनात्मक गतिविधि मार्फत शिक्षा प्रतिको दृष्टिकोणमा परिवर्तन गरि पढाईप्रति रुची जगाउंदै सिकाईको स्तर माथि उठाउने, उनीहरुमा रहेको खेल क्षमताको पहिचान गर्दै उपयुक्र्त मार्ग निर्देश गर्ने, विद्यार्थीहरुका विच खेल माध्ययमले आपसी सद्भाव र भाईचारा सम्वन्धलाई गाढा बनाउने, राष्ट्रको मान सम्मान राख्न सक्ने खेलाडीको पहिचान गर्ने र एउटै लक्ष र उद्धेश्यमा रहेर पनि एक आपसमा औपचारिकतामा मात्र सिमित कलेजहरु विचको सम्वन्धलाई जीवन्तता दिंदै थप प्रगाढ बनाउने रहेको छ ।
दुई दिने प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद ३० र १५ हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताका मुख्य प्रायोजकमा इन्लाईटेन ईन्टरनेशनल एजुकेसन रहेको छ भने प्रथम पुरस्कार ग्लोबल जब नेपाल र मेडिकल पार्टनरमा पिपल्स मेडिकल कलेज रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
प्रतिक्रिया