अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गरेपछि सुधार आउने अपेक्षा गरिए पनि शेयर बजार उल्टै ओह्रालो लागेको छ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेपछि मुलुकको अर्थतन्त्रमा थप नकारात्मक हलचल हुने आँकलन सम्बन्धित विश्लेषकहरुले गर्न थालेका छन् ।
नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक आज २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.१९ बिन्दुले ओरालो लागेर २५५.६९ बिन्दुमा पुगेको छ ।
आइतबार कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ । आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ । बैंकिङ २२.०१, होटल २७.२९, विकास बैंक ३६.१, जलविद्युत् ३७.१४, वित्त ७.१७, बीमा १४८.७७, उत्पादन १५, अन्य ५.६७, माइक्रोफाइनान्स २६.२४ बिन्दुले ओरालो लागेको छ ।
प्रतिक्रिया