अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडी सम्मानित

अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडी सम्मानित


कालिमाटीस्थित डिभाइन फिजिकल फिट्नेस सेन्टरले विभिन्न राष्ट्रमा भएका अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

विश्व शारीरिक सुगठनको आठौं र नवौं संस्करणमा क्रमशः कांस्य र रजत विजेता ननिता महर्जन, सातौंका रजत र नवौंका कांस्य विजेता रुजेश शाही, दोश्रो संस्करणका कांस्य विजेता श्याम श्रेष्ठ तथा छैटौं संस्करणका रजत विजेता विमललाल श्रेष्ठ सम्मानित भएका हुन् ।

एसियाली शारीरिक सुगठनको ४६ औं संस्करणका कांस्य विजेता सुजन तामाङ, ५० औं संस्करणका स्वर्णधारी महेश्वर महर्जन र ५१ औं संस्करणका कांस्य विजेता कमल भण्डारी सम्मानित भए ।

त्यस्तै विश्व पावर लिफ्टिङ च्याम्पियनसिपका स्वर्ण विजेता बुद्धिजंग कार्की, रजत विजेता ज्ञानेन्द्र नकर्मी र कांस्य विजेता रोजिन महर्जनलाई पनि सम्मान गरियो । सोही अवसरमा एसियाली शारीरिक सुगठनको ५१ औं संस्करणमा चौथो भएकी निर्मला महर्जन र दोश्रो मिस्टर काठमाडौंका उपविजेता प्रज्जवल शाक्यलाई पनि सम्मान गरिएको थियो ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष समेत रहेका डिभाइनका सञ्चालक दिनेश राजभण्डारीले उनीहरुलाई दक्षिणकालीमा आयोजित एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।