नेपाल राष्ट्र बैँकबाट ग वर्गमा सुचीकृत पोखरा फाइनान्सको १२औँ शाखा भैरहवामा उद्घाटन गरिएको छ । भैरहवा शाखालाई फाइनान्सको १२औँ शाखाको रुपमा नेपाल राष्ट्र बैँक सिद्धार्थनगरका निर्देशक अशोककुमार पौडेलले रिवन काटेर समुद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक पौडेलले पोखरा फाइनान्सले कृषिमा लगानी गर्नुपर्ने, सेवाको समय ध्यान राखी कारोबार गर्नुपर्ने र ग्राहकलाई अल्झाउन नहुने बताउनुभयो । उहाँले पुराना ग्राहकलाई तानातान गरेर ब्याज बढाउन भन्दा नयाँ ग्राहक तर्फ जोड दिनुपर्ने धारणा राख्नुभयो ।
बैकका कार्यकारी अधिकृत राजकुमार गुरुङले पोखरा फाइनान्सले ठूलो कारोबार गर्ने व्यक्तिलाई मात्र नभई साना साना व्यवसाय गर्ने चाहना भएका तर पुँजी नभएका व्यक्तिलाई पनि सधैँ बैँकिङ सुविधा बाट बन्चित नगराउने स्पष्ट पार्नुभयो ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बित्तीय संस्थाहरको स्थापनाले उद्योगी वयवसायिलाई सहज भएको उल्लेख गर्दै पोखरा फाइनान्सले पनि यहाँका जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने तर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष रामकुमार शर्मा, पुर्णिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ, फाइनान्सका संस्थापक अध्यक्ष यम बहादुर गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम फाइनान्सका अध्यक्ष भुवनसिंह गुरुङले अतिथीलाई धन्यवाद दिँदै समापन गर्नुभएको थियो ।
२१ वर्षअगाडि पोखरा फाइनान्सले पुँजी वृद्धि गर्दै गई राष्ट्र बैंकबाट बैंकको मान्यता प्राप्त गरी सेवा दिँदै आएको छ । फाइनेन्सको पुँजी हाल ६५ करोड ५७ लाख रहेको छ । अहिले राष्ट्रिय स्तरमा ग वर्गको वित्तीय संस्थाको रुपमा रहेको पोखरा फाइनान्सको निक्षेप ४ अर्ब २३ लाख र कर्जा २ अर्व ८६ करोड रहेको छ । त्यसैगरि ग्राहक संख्या २० हजार चार सय ८० रहेको छ । फाइनान्सले छिट्टै १३ शाखाको रुपमा नाराणगढमा खोल्ने तयारी रहेको छ ।
प्रतिक्रिया