मूल्य समायोजन गरिएको भन्दै आज मध्यरातदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल र डिजेल दुवैमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको आयल निगमले जनाएको छ । बताइएअनुसार मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ।
पछिल्लो मूल्यवृद्धिपछि पेट्रोलको मूल्य लिटरको १०५ र डिजेलको ८५ रुपैयाँ पुगेको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि वृद्धि गरेको तर्क निगम व्यवस्थापनले गरेको छ ।
मूल्य समायोजन गर्दा भारतमा भन्दा पेट्रोल २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा नेपालमा सस्तो रहेको र मूल्य समायोजनपछि निगमको दैनिक नाफा एक करोड ३० लाखभन्दा बढि हुन आउने बताइन्छ ।
प्रतिक्रिया