कमनवेल्थ गेम्स-२०१८ को उदघाटन समारोह आज

कमनवेल्थ गेम्स-२०१८ को उदघाटन समारोह आज


ओलम्पिक खेलकुदपछि दोश्रो स्थानमा रहेको कमनवेल्थ गेम्स– २०१८ को शुभारम्भ ५ अप्रेल विहिबारदेखि अष्ट्रेलियाको गोल्डकोस्टमा हुँदैछ । प्रतियोगितामा ५ अप्रेलदेखि शुभारम्भ हुने भएपनि उक्त प्रतियोगिताको ओपनिङ समारोह ४ अप्रेल अर्थात आज बुधवार हुने भएको छ ।

ओपनिङ समारोहको आयोजना गोल्डकोस्टको प्रमुख रंगशाला केरारामा हुनेछ । नेपाली समयअनुसार उक्त प्रतियोगिताको अपनिङ सेरामनी नेपाली समय अनुसार चैत्र २१ गते अपरान्ह ४ः१५ बजेदेखि शुरु हुनेछ ।

अष्ट्रेलिया यो समेतगरि पाँच पटक कमनवेल्थ गेम्सको आयोजना गर्दैछ । यो भन्दाअधि सन १९३८ मा सिडनी, १९६२ मा पर्थ, १९८२ मा ब्रिसबेन, २००६ मा मेनवर्नमा अष्ट्रेलियाले कमनवेल्थ गेमको सफलता पूर्वक आयोजना गरेको थियो । यसभन्दा अघि चार पटक कमनवेल्थ गेमको आयोजना गरेको अष्टे«लिया आफ्नो गृहभूमिमा उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा शीर्ष स्थान हात पार्न सफल भएको थियो ।

यो पटक कमनवेल्थ गेम्स–२०१८ मा २३ वटा खेल समावेस गरिएको छ । नयाँ खेलको रुपमा यो पटक बास्केटबल, बीच भलिबल र महिला रग्बीलाई समावेस गरिएको छ भने जुडोलाई हटाइएको छ । कमनवेल्थ गेम्सको इतिहासमा पहिलो पटक पुरुष र महिला खेलाडीको संख्या बरावरी रहेको छ ।

कमनवेल्थ गेम्स–२०१८ को अहिलेसम्म १० लाखभन्दा बढीको टीकट बिक्रि भैसकेको छ । अझैं एथलेटिक्स, स्वास, ब्याडमिन्टन, हक्की र बक्सिङ खेलको टिकटको बिक्री खुला गरिएको छैन् । यी चर्चित खेलहरुको टिकट बिक्री खुला भएपछि अरु लाखौं टिकट बिक्री हुने आयोजकले अनुमान गरेको छ । कमनवेल्थ गेम्स–२०१८ को समापन १५ अप्रेलमा हुनेछ ।