लामाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

लामाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन


इन्डोनेसियाको राजधानी जाकार्तामा हुने १८ औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ९ उच्च स्तरीय समिति गठन गरिएको छ । चैत्र २० गते सोमबारको मन्त्रीस्तरीय निर्णयानुसार समिति गठन गरिएको हो ।

समितिको सह–संयोजकमा राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य तथा सदस्यहरुमा राखेप सदस्य एवं राष्ट्रिय टिम तयारीका संयोजक वीरेन्द्र श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभाग, राखेपका निर्देशक रिमबहादुर रानाभाट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान, राखेपका निर्देशक नवीन उप्रेती, खेलकुद विकास विभाग, राखेपका प्रमुख कुलबहादुर थापा र राष्ट्रिय टिम तयारी, रखेपका निर्देशक अर्जुनबहादुर विक रहेका छन् । अन्य सदस्यमा युवा तथा खेलकुद मन्त्रालयबाट २ प्रतिनिधि छन् ।

आगामी सेप्टेम्बरमा हुने एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेल, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको संख्या निर्धारण गर्न समिति बनाइएको हो । सहभागी संख्या चैत मसान्तसम्म दर्ता गराइसक्नु पर्ने प्रावधान छ ।