जनता बैंक नवौं बर्षमा प्रवेश

जनता बैंक नवौं बर्षमा प्रवेश


नेपालको बैंकिङ इतिहासमा फरक पहिचान कमाएको जनता बैंक नवौं बर्षमा प्रवेश गरेको छ । नवौं बर्ष प्रवेशको अवसरमा बैंकले बानेश्वरस्थित आफ्नो प्रधान कार्यालयमा विविध कार्यक्रमको आयोजना गर्दैछ ।

बार्षिकोत्सवको अवसरमा बैंकले सर्बसाधरणमा बैंकिङ जागरण प्रवाह गर्नका लागि बिहान प्रभातफेरी कार्यक्रमको आयोजना समेत गरेको थियो । सो अवसरमा बैंकले रक्तदान कार्यक्रम, स्वास्थ्य जाँच लगायतका कार्यक्रमहरुको आयोजना गरेको बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले जानकारी दिए ।

८ अर्ब बढि चुक्ता पुँजी रहेको बैंकले कृषि, पर्यटन, उर्जा, उद्योग लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेको छ । कुल ५३ अर्ब निक्षेप संकलन गर्न सफल भएको यस बैंकले ४९ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको छ ।

देशभर कुल १०८ शाखा रहेको यस बैंकले अन्य बैंकहरुको तुलनामा छिटो छरितो सेवा प्रवाह गरेको दावी गरेको छ । आगामी दिनमा नयाँ नयाँ योजनाको साथ ग्राहकहरुलाई सेवा दिने बैंकको लक्ष्य रहेको छ ।

बार्षिकोत्सवको अवसरमा बैंकले सिन्धुपाल्चोकको चौतारस्थित शाखामा ग्रामिण महिलाहरुको पाठेघरको उपचारका लागि शिविरको समेत आयोजना गरेको छ । शिविरमा महिलाहरुको पाठेघरको चेकजाँच र शल्यक्रिया समेत गरिने बैंकले जनाएको छ ।