सलमान छुट्दा कटरिना दंग !

सलमान छुट्दा कटरिना दंग !


दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खान जमानतमा रिहा भएका छन् । सन् १९९८ मा दुर्लभ प्रजातिको हरिणको शिकार गरेको अभियोगमा भारतको एक अदालतले उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । शनिबार जमानत मिलेलगत्तै दुई दिनदेखि थुनामा रहेका सलमान जोधपुर जेलबाट छुटेर आफ्नो घर पुगेका छन् । उनी जेलबाट रिहा भएपछि उनका प्रशंसकहरुले आतिशवाजी गर्नुका साथै मुम्बईस्थित उनको घरअगाडि भेला भएर खुशी प्रकट गरेका थिए । सलमानलाई भेट्न कटरिना कैफ उनको घरै पुगेकी थिइन् ।