आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेडबीच संघसँ आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । हालै गरिएको सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँग आवद्ध सबै मौरीपालक कृषकको मौरीको बीमा हुनेछ । सम्झौताका लागि आयोजित कार्यक्रमका अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएता पनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफना मौरीहरुको बीमा गराइनसकेकोे अवस्थामा संघसँगको संझौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफ्ना मौरीको बीमा गरी ढुक्कसंग आफनो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने अपेक्षा गरे ।
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडले आफ्ना सदस्य कृषकहरुको व्यावसायिक हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेकोमा संस्थाका अध्यक्षलगायत संचालक समितिलाई उनले धन्यवाद दिए । सो अवसरमा संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरियो ।
कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक रेग्मीले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गरेर कम्पनी अगाडी बढिरहेको दाबी गरे ।
प्रतिक्रिया