नेपाली आकाशमा आज राति उल्का वर्षा हुने

नेपाली आकाशमा आज राति उल्का वर्षा हुने


आज राति नेपाली आकाशमा उल्का बर्षा हुने भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अनुसार आइतबार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको अवलोकन गर्न पाइने भएको हो । उल्का वर्षालाई नेपाली बोलीचालीमा ‘तारा खसेको’ पनि भन्ने गरेका छन् ।

नासोका अनुसार आज राति १५ देखि २० वटा उल्का खसेको देख्न सकिने नासोले जनाएको छ । बैशाख ५ गतेदेखि नै वीणा उल्का वर्षा सक्रिय भएको र यो क्रम वैशाख १२ सम्म चल्ने नासोले जनाएको छ ।