कर्णाली सरकारको प्राथमिकतामा पर्यटन र पूर्वाधार

कर्णाली सरकारको प्राथमिकतामा पर्यटन र पूर्वाधार


आज कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सरकारले तीनमहिनका लागि कार्यक्रम ल्याउन लागेको हो ।

सरकारको मुख्य प्राथमिकतामा रहेको पर्यटन, कृषि, ऊर्जा र भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रममा राखेको प्रवक्ता भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । उनका अनुसार आज दिउँसो एकबजे बस्न लागेको प्रदेशसभा बैठकमा उक्त कार्यसूची प्रस्तुत गरिने र त्यसलाई पारित गरिनेछ ।

‘यसअघि बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो’ प्रवक्ता केसीले भनिन् ।