एसियाडका लागि ब्याडमिन्टन खेलाडी छनोट

एसियाडका लागि ब्याडमिन्टन खेलाडी छनोट


नेपाल ब्याडमिन्टन संघले इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको अन्तिम छनोट सम्पन्न गरेको छ ।

ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहका अनुसार पुरुषमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दिपेश धामी र नवीन श्रेष्ठ छनोट भए । महिलामा नङशल तामाङ, जेशिका गुरुङ, रसिला महर्जन र अमिता गिरी छानिएका छन् ।