नेपाल राष्ट्र बैंकको कोटा प्रणालीले सुन तस्करी बढेको बुझिएको छ । व्यवसायीहरुलाई राष्ट्र बैंकले मागको तुलनामा झण्डै आधा सुन दिएका कारण बजारमा सुनको तस्करी बढेको हो ।
बजारमा दैनिक ४० केजीभन्दा बढि सुनको माग छ । तर राष्ट्र बैंकले व्यवसायीहरुलाई कोटा प्रणालीमार्फत दैनिक २० केजीमात्रै सुन दिदैं आएको छ । एकातिर सरकारले व्यवसायीलाई कडा गरेको छ भने अर्कोतिर सुनको तस्करी पनि बढेर गएको व्यवसायीहरुको भनाई छ ।
राष्ट्र बैंकले सुन आयातमा व्यवसायीहरुलाई अंकुश लगाएपनि लुकिछिपी रुपमा सुन आयात भइरहेको एक ब्यवसायीले बताए । उनका अनुसार सरकारले दिदै आएको २० केजी सुनको दायरालाई बढाएर ४० देखि ५० केजी पु¥याउने हो भने तस्करी रोकिनेछ । ‘राष्ट्र बैंकको अंकुशका कारण सुन तस्करी बढ्दै गएको र तस्करीबाट मात्रै एकसातामा १५० किलोजति सुन भित्रिने गरेको छ ।’ उनले भने, ‘यो सरकारलाई च्यालेन्ज हो । यो तस्करी रोक्नका लागि बजारमा सुनको मागलाई बढाए पुग्छ ।’
व्यवसायीहरुको अनुसार बजारमा सरकारले उपलब्ध गराउँदै आएको २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आउने अनुमान गरेका छन् ।
चालू आर्थिक वर्षको ८ महिनामा चार हजार सात सय ५० केजी सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार जसको मूल्य २० अर्ब ३५ करोड ७७ लाख रुपैयाँ पर्छ ।
प्रतिक्रिया