‘आकस्मिक कोष सञ्चालन विधेयक’ प्रस्तुत

‘आकस्मिक कोष सञ्चालन विधेयक’ प्रस्तुत


प्रदेश नं १ को प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘आकस्मिक कोष सञ्चालन विधेयक’ निर्णायार्थ पेश गरेका छन् ।

विधेयक पारित भएपछि प्राकृतिक तथा अप्राकृतिक विपत्तिका समयमा आकस्मिक कोष परिचालन हुनेछ । विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य जसमाया गजमेर र केदार कार्कीले विधेयकको कार्यान्वयमा जोड दिँदै हिमपहिरादेखि बाढीसम्मको समस्या झेल्नुपर्ने भएकाले विपद् व्यवस्थापन कोष आयोग निर्माण गरी आयोगका पदाधिकारीलाई तलबभत्तामै कोष रित्याउने काम नहोस् भन्नेमा जोड दिए ।

समान्य छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री आङ्म्बोले कोषमा भ्रष्टाचार र अनियमितता हुन नदिन कोष परिचालनमा शून्य सहनशीलता अपनाइने बताए ।

त्यस्तै सदनको शून्य समयमा प्रदेशसभा सदस्य राधा थापा, ज्ञानेन्द्र विश्वास, विजयकुमार विश्वास, शिवनारायण गनगार्ई र लीला सुब्बाले विराटनगरदेखि विराटचोकसम्मको सडकलाई चार लेनको बनाउनुपर्ने र विराटनगरको चक्रपथको मार्ग खोल्ने कामलाई पूर्णता दिएर कालोपत्रे गरिनुपर्ने विषयमा ध्यानाकर्षण गराए ।