यातायातको सिण्डिकेट समाप्त पारेरै छोड्छौँ : गृहमन्त्री थापा

यातायातको सिण्डिकेट समाप्त पारेरै छोड्छौँ : गृहमन्त्री थापा


गृहमन्त्री रामबहादुर थापा वादलले सार्वजनिक यातायात क्षेत्रमा देखिएको विकृति र एकाधिकारलाई तोड्न सरकारले निर्मम तरिका अपनाउन थालेको बताएका छन् ।

सार्वजनिक सवारी सञ्चालन गर्ने तर जनतालाई नै शोषण गर्ने यातायात क्षेत्रको सिण्डिकेट सम्पुर्ण रुपमा समाप्त गर्ने गृहमन्त्री थापाले आक्रोशपूर्ण अभिव्यक्तिसाथ अठोट गरेका छन् । ‘अब यातायात क्षेत्रमा कुनै पनि प्रकारको सिण्डिकेट चल्दैन’, शुक्रबार प्रेस सेन्टरले भैरहवामा गरेको पत्रकार भेटघाटमा थापाले भने, ‘सरकारले जुनसुकै तरिका अपनाएर भएपनि सिण्डिकेट हटाएर छोड्छ ।’ सिण्डिकेट हटाउन सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

गृहमन्त्री थापाले घरेलु हिंसा र लागु पदार्थ नियन्त्रणमा सरकारले गम्भीर भएर लागेको जानकारी दिए । उनले सातवटै प्रदेशमा सुरक्षा अवस्था चुस्त बनाउन सुरक्षा निकायको समन्वय र कनेक्टीभिटीलाई प्रभावकारी बनाइने दृढता प्रकट गरे ।