फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने


वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।

यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ हजार ५३ र सल्लो ३३ रहेका छन् ।

विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८१९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । “औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको छ,”– उनले भने।

नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति संकटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवद्र्धनमा विभाग लागेको उनको भनाइ छ ।