घरेलु उद्योगको पहिचान गर्ने उद्धेश्यले विभिन्न जिल्लाका उद्यमीहरु आफ्ना सामग्री लिएर ब्यापार मेलामा उपस्थित भएका छन् ।
शुक्रबारदेखि शुरु भएको १४ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीले स्थान पाएका छन् । मेलामा विभिन्न जिल्लाका उद्यमीहरुले तयार पारेका सामग्रीलाई बिक्रिका लागि राखिएको छ । उद्यमीहरुले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएपनि राज्यको उपेक्षामा परेको बताएका छन् ।
मेलामा अल्लोका कपडा, काठका ठेकी, हिमाली जिल्लाहरुमा उत्पादन भएका खाद्य पदार्थका साथै घरेलु उद्योगमा निर्मित सामग्रीहरु राखिएका छन् । मेलामा तिनै सामग्रीहरुमा सहभागीहरुको ध्यान केन्द्रित भएको छ ।
मेलामा तीनलाख दर्शकहरुले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव सहभागीहरु बताएका छन् ।
प्रतिक्रिया