बौद्ध दर्शनलाई आत्मसात् गर्न आवश्यक : राष्ट्रपति

बौद्ध दर्शनलाई आत्मसात् गर्न आवश्यक : राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध दर्शनलाई आत्मसात् गर्न आवश्यक रहेको बताएकी छिन् । २५६२ औं जन्मजयन्तीका अवसरमा शुभकामना ब्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत बुद्धको जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत शाक्यमुनि बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप र करुणा भावनाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महानुभावमा शुभकाना व्यक्त गरेकी छिन् ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सदृढ एवं सबल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी रहेको उल्लेख गरेकी छिन् । बौद्ध दर्शनलाई आत्मसात् गर्दै अगाडि बढ्न सकेमा हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व भाव आउनुका साथै आर्थिक समृद्धि, सामाजिक विकास एवं दिगो शान्ति र सुशासनतर्फ उन्मुख सबैबीच एकता, सहिष्णुता र सद्भाव कायम हुन सजिलो हुने उनले उल्लेख गरेकी छिन् ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजयन्ती तथा किराँत समुदायको प्रमुख चाड उभौली पर्वका अवसरमा देशविदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वभरका बुद्ध धर्मावलम्वी तथा किरात समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेकी छिन् । आज एक विज्ञप्ति जारी गर्दै उनले अहिंसा र सदाचारका आदिपुरुष बुद्धले देखाउनुभएको सद्मार्गसबैका लागि अनुकरणीय र मननीय रहिआएको बताउँदै विश्वभरका मानिसहरू भौतिक र आत्मिक सुखशान्तिको खोजीमा रहेको वर्तमान सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व झनै बढेर गएको उल्लेख गरेका छन् ।