त्रिभुवन विमानस्थल सुन तस्करका लागि स्वर्ग बनेको तथ्य खुलेको छ । गृहमन्त्रालयबाट गठित छानबिन समितिले गरेको लामो अनुसन्धान र अभियुक्तहरुको बयानपछि यस्तो तथ्य खुलेको हो ।
गृहका सहसचिव ईश्वरी पौडेल संयोजकत्वको समितिले गरेको अनुसन्धानका क्रममा नेपालमा वि।सं। २०४० सालदेखि नै सुन तस्करी भइरहेको खुलेको छ ।
समितिले त्रिभुवन विमानस्थलबाट अहिलेसम्म १७ अर्ब ए करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँको ३ हजार सात सय ९९ किलो सुन अवैधरुपमा भित्रिएको तथ्य पत्ता लगाएको हो ।
समितिको अहिलेसम्मको अनुसन्धानमा विभिन्न एयरलाइन्सका कर्मचारीदेखि नेपाल प्रहरी डीआईजीसम्म यो तस्करीको जालोमा मुछिएको खुलेको छ । विवरण अनुसार सुन तस्करीमा नेपाल प्रहरीकै सिपाहीदेखि वरिष्ठ अधिकृतसम्म भरिया बनेको तथ्य पनि पत्ता लागेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोग पत्रमा सुनका मालिक गोरे भनिने चुडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी भएको उल्लेख गरिएको छ ।
अभियोग पत्रअनुसार पाँच वर्षमा तीन हजार सात सय ९९ किलो ५ पाँच सय ५९ ग्राम ९नेपाली मूल्य १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैंया बराबरको० सुन तस्करीका लागि विमानस्थल प्रयोग भएको छ ।
जसमा गोरेको नेतृत्वमा प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डिएसपी सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, होटल व्यवसायी भुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काफ्ले, मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङ वाङ्गेल घले, कपिलराज पुरी लगायत ६० जनाले तस्करी सफल बनाएका थिए ।
गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरुलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्य फेलापरेको छ। गोरेले हिसाब गरेको रेकर्ड फाईलमा हाल थुनामा रहेका पूर्व डीआइजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी खनाललाई पाँच लाख, डिएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको उल्लेख छ ।
(अन्नपुर्ण पोष्ट्मा प्रकाशित समाचार)
प्रतिक्रिया